२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बलिदान’को आमाप्रति समर्पित गीत ’यो ज्यान बलिदान’ सार्वजनिक



काठमाडौं
चलचित्र ‘बलिदान’को आमाप्रति समर्पित गीत ’यो ज्यान बलिदान’ सार्वजनिक भएको छ ।
पछिल्लो पुस्ताका चर्तित गायक तथा सङ्गीतकार सुजन चापागाईँ तयार पारेको यस ओएसटी गीतको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कोविद बज्रले गरेका छन् । विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन् ।
लिरिकल शैलीमा सार्वजनिक गरिएको ’यो ज्यान बलिदान’को शब्द हर्क साउदले लेखेका हुन्।

गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।

गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस गरेर ’बलिदान’ केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि रहेको विचार व्यक्त गरेका छन् ।

’आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको ’बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि सार्वजनिक पोस्टर, प्रि–टिजर र टिजरले व्यापक चर्चा पाइरहेका बेला निर्देशक सेनले केही दिनमै ट्रेलर सार्वजनिक हुने जानकारी पनि दिएका छन्। यो चलचित्र बडादसैँको फूलपातीका दिन (असोज १३) देखि देशभरका हलमा प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।