काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पछिल्लोपटक भाइरल बनेको आफूमाथि आक्रमणजस्तो देखिने भिडियोबारे प्रष्टीकरण दिएका छन् ।
बुधबार दिउँसो फेसबुकमार्फत लाइभ गर्दै उनले उक्त घटना कुनै वास्तविक आक्रमण नभई आगामी फिल्म ‘माइतीघर’ को प्रचारप्रसारका क्रममा गरिएको प्रि-प्लान प्रयांक भएको स्पष्ट पारेका हुन् ।
‘धेरै शुभचिन्तकले सोधिरहनु भएकोले स्पष्ट पार्न चाहन्छु । यो प्रयांक नै हो, आक्रमण होइन,’ उनले भने ।
घिमिरेका अनुसार युट्युब च्यानलमार्फत अन्तर्वार्ता दिने क्रममा उक्त प्रयांक गरिएको थियो । उनले थपे, ‘सल्लाहअनुसार थोरै थर्काउने मात्र भनिएको थियो, तर उहाँले हातपात पनि गर्नुभयो । त्यो चाहिँ प्लानिङ थिएन ।’
उनले यस घटनालाई ठट्टाकै रुपमा लिए पनि भिडियोको छोटो अंश मात्र भाइरल हुँदा दर्शकमाझ अनावश्यक भ्रम र चिन्ता पैदा भएको बताए । ‘यसबाट पर्न गएको चोटबारे क्षमा चाहन्छु,’ उनले भने ।
हाल सो प्रयांकको भिडियोको एउटा टुक्रा सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ ।








प्रतिक्रिया