ललितपुर
दक्षिण ललितपुरको ठूलादुर्लुङमा आगलागीपछि एक घर जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार दक्षिण ललितपुरको महांकाल गाउँपालिका ६ कन्या दमारस्थित कालिमान भुलुङको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको हो ।
आगलागीपछि करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको टुंगुन प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको दियो ।
दक्षिण ललितपुरको तीनवटै गाँउपालिकामा दमकल सेवा छैन । पहाडी भूभागमा दमकल जान कठीन हुनुका साथै सबै ठाँउमा सडक नपुग्दा समयमै आगलागी नियन्त्रण सम्भव हुन सकेको छैन ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया