ललितखबर
पछिल्लो समय काठमाडौंको डम्पिङ साइट बञ्चरेडाँडामा आन्दोलन छ । त्यसैले उपत्यकाको फोहोर उठ्न सकेको छैन । फोहोर फ्याक्न समस्या भएपछि गोदावरी नगरपालिकाले नगरवासीलाई फोहोर घरमै राख्न सूचित गरेको छ ।
तर नगरबासीले भने सूचना अवज्ञा गरेर सडकमा राख्दा दुगन्ध बढेको छ । गोदावरीको ठैव बाँडेगाँउ,चापागाँउ, टाहाखेल, ठेचो, झरुवाराशीलगायत बस्तीमा फोहोरको डंगुर देख्न सकिन्छ ।
नगरपालिकाले बस्तीबाट निस्कने फोहोर आफैंले फोहोर व्यवस्थापन गरिरहेको छैन । सिर्जनशीप नामको एक नीजि कम्पनीलाई ठेक्कामा दिएर फोहोर व्यवस्थापन गरिरहेको छ । सो संस्थाले स्थानीयबासीसँग चर्को शुल्क लगाएको भन्दै नगरबासी असन्तुष्ट छन् ।
नुवाकोटस्थित ओखरपौवा डम्पिङसाइट भरिएपछि नजिकै रहेको बञ्चरेडाँडामा फोहोर फ्याक्न सुरु गरिएको भए पनि स्थानीयबासीलाई उपर्युक्त स्थानमा स्थानान्तरण नगर्दा समस्या परेको हो । फोहोरका कारण बस्न कठीन भएपछि स्थानीयबासीले विभिन्न माग रोखेर निरन्तर आन्दोलित हुँदा समेत सरकारले उनीहरुको माग पुरा गरेको छैन ।








प्रतिक्रिया