ललितपुर
नेकपा एमाले ललितपुर क्षेत्र नं. १ कमिटीले अध्यक्ष केपी ओलीलाई नै पुनःसर्वसम्मत अध्यक्ष बनाउनु पर्ने निर्णय गरेको छ ।
आइतबार ललितपुरको चापागाँउका बसेको नं १ कनिर्वाचन क्षेत्रको बैठकले पार्टीले आयोजना गरेका प्रतिगमन विरुद्धका जनप्रदर्शनहरुमा सक्रियतापुर्वक सहभागीता जनाउने पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै यहि मंसिरमा आयोजित पार्टीको एघारौ महाधिवेशनमा विगतमा पार्टी नीति र नेतृत्वमा दृढतापुर्वक उभिएका नेताहरुलाई सकेसम्म सर्बसहमत रुपमा प्रतिनिधि पठाउने निर्णय गरेको हो ।
१ नं क्षेत्रका सचिव तथा जिल्ला कमिटी सदस्य पुरुषोत्तम हुमागाइँले सहभागी एक जना बाहेक सबैको अध्यक्ष केपी ओलीलाई पुनःसर्वसम्मत अध्यक्ष निर्वाचित गर्ने पक्षमा विचार राखेका जानकारी दिएका छन् । ललितखबरसँग उनले भने,
‘अहिले एमाले पार्टीविरुद्ध मात्रै नभएर देशविरुद्ध नै षड्यन्त्र भएकोले एकतावद्ध भएर फेरि पनि केपी ओलीलाई नै सर्वसहमत अध्यक्ष हुनुपर्ने निर्णय गरिएको छ ।’
देशभरिका नेता कार्यकर्ता हरुलाइ केपी ओलिको पक्षमा दृढतापुर्वक उभिएर प्रतिगमनलाई परास्त गर्न भुमिका खेल्न अपिल गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा एमाले पोलिटव्युरो सदस्य शुशिला नेपाल,केन्द्रिय सदस्य हरिकृष्ण व्यन्जनकार, बाग्मती प्रदेशका कृषिमन्त्री मधुसुदन पौडेल, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्वसांसद चेतनाथ सञ्जेल लगायत नेताहरुको उपस्थिति थियो ।








प्रतिक्रिया