चापागाँउ
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र मुना अधिकारी विरुद्ध सर्वोच्च अदालतमा भष्ट्राचारको मुद्दा सर्वोच्चमा पुनरावेदनको निवेदन परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मेयर र उपमेयरविरुद्ध सर्वोच्चमा पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ ।

अख्तियारले गएको साउन ३० गते विशेष अदालतले सो मुद्दामा नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ दिएको विषयलाई चित्त नबुझेको भन्दै पुनरावेदन दिएको सूचनामार्फत जानकारी दिएको हो ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५\७६ देखि २०७९\८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।
उनीहरुविरुद्ध आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेका थिए ।
सो समयमा मुद्दादायर भएसँगै मेयर र उपमेयर पदमुक्त भएका थिए । अदालतको सफाईसँगै दुबै जना नगरपालिका फर्केर काम गरिरहेका थिए ।
सर्वोच्चमा पुनः मुद्दा पुनरावेदन भएपछि कानूनतः दुबैको पद निश्क्रिय भएको छ ।







प्रतिक्रिया