१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको घुसेलमा नागरिक–सैनिक सम्बन्धलाई सुदृढ बनाउन हाजिरी जवाफ



 

चापागाँउ
पछिल्लो समय नेपाली सेना व्यारेकबाट बाहिर आएर नागरिकसँग घुलमिल गर्न विविध कृयाकलाप गरिरहेको पाइन्छ । ललितपुरको लेले सानो भैसेमा ब्यारेकमा तैनाथ श्री बटुकदल गणले दक्षिण ललितपुरको घुसेल पुगेर विद्यार्थीहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सैनिक श्रोतले दिएको जानकारी अनुसार संरक्षण तथा राष्ट्रिय एकताको भावना जागृत गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।

गणका सेनानी सपन काजी थापाको नेतृत्वमा खट्टिएको टोलीले बागमती १ घुसेलस्थित श्री घुसेल माध्यमिक बिद्यालयमा नेपालको ईतिहास, नेपाल एकिकरण, नेपालको संविधान, भुगोल, सामाजिक तथा सांस्कृतिक परम्परा, खेलकुद लगायत समसामयिक बिषयबस्तुहरु समावेश गरी हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको हो ।

उक्त बिद्यालयका ४ वटा टिमलाई सहभागी गरिएको हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बागमती वागमती १ का वडाध्यक्ष ज्ञानबहादुर लो, उक्त बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थी, स्थानीयबासी लगायत बिद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । प्रतियोगितामा विजयी हुने टिमलाई नगद पुरस्कार सहित स्टेस्नरीका सामाग्रीहरु पुरस्कार समेत बितरण गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।