२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महाँकालका दुग्ध उत्पादन गर्ने किसानलाई ९० लाख रुपैयाँ अनुदान



 

दक्षिण ललितपुरका दुग्ध उत्पादन गर्ने किसानलाई महाँकाल गाँउपालिकाले ९० लाख रुपैयाँ अनुदान दिनका लागि प्रस्ताव आह्वान गरेको छ ।
गाँउपालिकाले सूचना प्रकाशित गरेर पालिकाले उत्पादनका आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रमका लागि पालिकाभर क्रियाशिल रहेका दुग्ध उत्पादक सहकारी संस्था, कृषि÷पशु समूह, दुग्ध संकलन केन्द्र र खुवा उद्योगहरुले २१ दिनभित्र कृषि शाखामा प्रस्ताव पठाउन आह्वान गरेको हो ।
गत बर्ष पालिकाले कृषि उद्योगहरुलाई दर्ता प्रकृयामार्फत कर लगाउने निर्णय गरेको थियो । किसानलाई कर लगाएको भन्दै स्थानीय किसान आन्दोलित भएका थिए ।
पालिकाले श्रोतको अभाव रहेको र विकास निर्माण लागि स्थानीयबासीलाई कर लगाउने नीति लिएको बताएको थियो । स्थानीयको विरोध थेग्न नसकेपछि सो निर्णय सच्याइएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।