२ माघ २०८२, बिहिबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका सासंद रामेश्वर श्रेष्ठको घरै पुगेर  सञ्चारमन्त्रीले गरे भेटवार्ता



काठमाडौँ
ललितपुरका सासंद रामेश्वर श्रेष्ठको घरै पुगेर  सञ्चारमन्त्री जगदीश खरेलले भेटवार्ता गरेका छन् ।
ललितपुर क्षेत्र नं. २ बाट सासंदमा उम्मेदवारी दिने चर्चाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायतका समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि दुई जनाहरुबीच छलफल बताइएको छ । सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गर्दै आएका थिए ।  सञ्चारमन्त्री खरेलले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग पनि चरणबद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकातर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरुले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।