ललितखबर
दक्षिण ललितपुरलाई सधै कर्णालीसँग तुलना गरेर हेरिन्छ । तर पछिल्लो समय यहाँको भौतिक विकाससँगै मानविय विकासका क्षेत्रमा पर्याप्त काम भइरहेको छ ।
नयाँ संविधानको घोषणा र राज्य पुर्नसंरचनापछि जनप्रतिनिधिहरुको उपस्थितीसँगै सकारात्मक परिवर्तन हुने क्रम जारी छ ।
यद्यपी यहाँका वालवालिकाहरु थुप्रै समस्यासँगै जुध्दै आएका छन् । दक्षिण ललितपुरको वागमती ६ छपेलीस्थित वागमती गाँउपालिकापालिकाको मुख्यालयमा आयोजित एक अन्र्तक्रियामा माल्टा, प्युटार र आश्राङमा वालवालिकाहरुले अध्यक्ष विरवहादुर लोप्चन सामु दर्जनौ प्रश्न गरे । उनीहरुले गाँउपालिकाले वालवालिकाहरुको हितका लागि बजेट बनाउन र वालवालिकाहरुको हितमा काम गर्न सुझाव दिए ।
पछिल्लो समय भौतिक विकाससँगै मानविय विकासको लागि समेत काम सुरु भएको छ । दक्षिण ललितपुरका यस क्षेत्रमा चरणबद्ध वालमैत्री घोषणाको कामहरु सुरु भएका छन् ।

अध्यक्ष विरबहादुर लोप्चन ।
कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले वालवालिकाको खेलकुद प्रतियोगिताका लागि बजेट मिलाउने पहल भइरहेको बताए । वालवालिकाहरुको रचनात्मक सुझावले काम गर्ने बाटो पहिल्याउन सहज बनेको भन्दै शिक्षा शाखा प्रमुख पुरीले खुशी व्यक्त गरका छन्् ।
वागमती गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापा विद्यालय व्यवस्थापन समितीबाट आउने समस्याका गुनासो वालवालिककै मुखबाट पाएको भन्दै खुशी व्यक्त गर्दै पालिकामा पहिलेको तुलनामा वालविवाहको घटना कम हुँदै भएको सकारात्मक समाचार सुनाए ।
पालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले भने बजेट अभावका कारण वालवालिकाहरुको केही समस्या भए पछि धेरै कामहरु ग्रिएको फेरिहस्त सुनाएका थिए । पालिकामा पर्याप्त मात्रामा उद्योग धन्दा नभए पनि वालवालिकाहरुको हितमा धेरै कामहरु भएको बताउदै २०८२ चैत्र सम्म वालमैत्री पालिका घोषणाका लागि दुई बर्षअघि जनप्रतिनिधिहरुले हस्ताक्षर गरेर प्रतिवद्धता व्यक्त गरिएको स्मरण गरे ।
पालिका अध्यक्ष विरबहादुर लोप्चनले धेरै समस्या समाधान गर्न सकिने आश्वासन दिएका छन् । वालिका प्रमुख लोप्चनले पालिकाले पहिरो रोकथाम, सेनेटरी प्याड खरिद गर्ने बजेट, सबै विद्यालयहरुमा निःशुल्क शिक्षा दिइएको र एसईई तयारी कक्षाका लागि हरेक विद्यालयलाई १० लाख थप बजेट उपलव्ध गराइएको सकारात्मक खबर सुनाए । पालिका अध्यक्ष लोप्चनले भने, ‘विद्यार्थीहरुको शैक्षिक भ्रमणका लागि बजेट दिन सकिन्छ ।’

परिवर्तनका लागि सहकार्य नेपालकी कार्यक्रम संयोजक नम्रता लामाले आफूहरु पालिकासँग मिलेर वालवालिकाको हितका लागि थुप्रै काम गर्न इच्छुक रहेको बताउदै वालमैत्री पालिका घोषणाका लागि ५१ वटा सूचक पुरा गर्न सुझाव दिइन् ।
कालीदेवि माध्यामिक विद्यालय माल्टाका प्रधानाध्यापक महेश केसीले दक्षिण ललितपुरमा वालवालिकाहरुको हितमा धेरै काम गर्न सकिने सम्भावना देखाउदै जनप्रतिनिधिहरुले यो क्षेत्रमा काम गर्न थप पहल आवश्यक रहेको आवश्यकत्तामाथि जोड दिएका थिए ।
पालिकामा १ नम्बर वडा घुसेल र वडा नम्बर ६ आश्राङलाई वालमैत्री बनाउन वडाध्यक्षहरुले कसरत गरिरहेको कार्यक्रममा जानकारी दिइएको छ । यसअघि
यस क्षेत्रको वालवालिकाहरुको हितमा काम गर्न वागमती गाँउपालिकाले ‘परिवर्तनका लागि सहकार्य नेपाल’ को सहयोगका धेरै काम गरिरहेको छ । संस्थाले बागमती गाउँपालिका तीन वडा ९आश्राङ्ग, गिम्दी र प्युटार०मा संरक्षण महिला र बालबालिका सशक्तिकरण परियोजना आन्तर्गत वडा स्तरीय र पालिका स्तरीय संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउन सहयोग गरेको थियो । साथै संस्थाले वाल बिबाह अन्त्यको लागि स्थानीय रणनीति रणनीति तर्जुमा तथा हस्तान्तरण, संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, लैङ्गिक समानता तथा अधिकारसम्बन्धी अभिमुखीकरण तथा सचेतना, मौरीपालनलगायतका थुप्रै काम गरेको जानकारी दिइएको छ ।








प्रतिक्रिया