चापागाँउ
सञ्चारकर्मी हुँदै राजनीतिमा होमिएका पत्रकार जगदिश खरेलले दक्षिण ललितपुरको गोटिखेल क्षेत्रलाई विकट पारिएको आरोप लगाएका छन् ।
आसन्न निर्वाचनका लागि रास्वपाबाट उम्मेदवार रहेका बुद्धरत्न महर्जनसँगै प्रचारको क्रममा गोटिखेल पुगेर उनले भने, ‘एकपल्ट समाजका मान्छेहरु बसेर प्रश्न गरौ । यो ठाँउलाई कसले पा¥यो ?’
चापागाँउबाट दुई लेनको सडक सलल बनाएको खण्डमा गोटिखेल क्षेत्र विकट नरहने उनको दाबी थियो ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम, वागमती र महाँकाल गाँउपालिकामा पक्की सडक छैनन् । लामो समयदेखि कालोपत्र उप्केर गोटिखेल सडक धुलाम्मे छ । एक लेनको २५ किलोमिटर कच्ची सडक पार गर्न चापागाँउबाट झण्डै ४ घण्टा लाग्छ ।
यहाँका राजनीतिक दलका नेताहरु सरकारी बजेटमा विकास पुर्वाधार निर्माण गर्न बजेट परेको खण्डमा आफ्नै खल्तीबाट हालेर बनाएको जसरी प्रचार गर्छन् । फोटो खिचाएर सामाजिक सञ्जालमार्फत फुर्ति लगाउने र जस लिन नेताहरुबीच होलबाजी चल्छ । तर जनतालाई अनुभूति हुने गरेर काम भइरहेको पाइदैन ।
१२ माघ २०८२, आइतबार
46
Shares








प्रतिक्रिया