२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपालसहित संसारभर चलचित्र ‘हली’ को प्रदर्शन सुरु



काठमाडौं

नेपालसहित संसारभरका विभिन्न चलचित्र भवनहरुमा आज शुक्रबारदेखि ‘हली’ को प्रदर्शन सुरु भएको छ ।

https://www.youtube.com/@lalitkhabar

आज नेपालका साथै माल्दिभ्सका चलचित्र घरहरूमा यो चलचित्र आजैबाट एकैसाथ प्रर्दशन सुरु भएको हो। प्रदर्शनको पहिलो दिन बिहानैदेखि नेपालका अधिकांश हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहनुका साथै धेरैजसो शोहरू हाउसफुल रहेका निर्माण पक्षले दाबी गरेको छ ।

छाउपडी प्रथाको सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रलाई विदेशमा माग भएअनुरुप अगष्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा युके र अक्टोबर ११ मा हङकङमा यो फिल्म प्रदर्शन हुनेछ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्र जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेका हुन्। पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल हुन्।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। चलचित्र विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित कलाकारहरूले विशेष नृत्य प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।