अशोक दुलाल
दक्षिण ललितपुरकाका पुराना नेता तथा समाजसेवी ढालप्रसाद तिमल्सिनाको निधन भएको छ । मृगौला रोग र पित्त थैलीमा क्यान्सरपछि उनी केही समयदेखि स्वास्थ्यलाभ गरिरहेका थिए । शुक्रबार उनको ललितपुर धापाखेलस्थित निवासमा निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।
स्व.तिमल्सिना पञ्चायतकाल(२०३६साल) देखि तत्कालीन गोटिखेल गाँउपञ्चायतको प्रधानपञ्च भएर दुई कार्यकाल काम गरेका थिए भने २०४८ सालमा राप्रपाबाट गाविस अध्यक्षको रुपमा काम गरेका थिए ।
लामो समय दक्षिण पुर्वी ललितपुरमा समाजसेवामा समय विताएका उनले महाँकालको ३ धामिडाँडामा मन्दिर निर्माण श्रीकृष्ण प्रणामी सत्संग मन्दिर निर्माणको अगुवाई गर्दै उनी मन्दिरको संरक्षकको रुपमा काम गरेका थिए। उनी विभिन्न संघसंस्थामा आवद्ध रहेर समाजसेवा गर्न रुचाउथे ।
उनी प्रखर ज्योतिषका रुपमा समेत परिचित थिए । लामो उनी पक्षिल्लो समय ललितपुर महानगरको धापाखेलमा बसोबास गर्दै आइरहेका थिए ।
जीवनको उत्तरार्धमा तिमल्सिना आधुनिक जीवन शैलीप्रति आर्कर्शित थिए । उनी बयोबृद्ध अवस्थामा पनि आफै मोटरसाइकल हाँकेर दौडिन्थे । कम्प्युटर चलाएर अध्ययन गर्थे ।
महाँकाल गाँउपालिकाकी उधाध्यक्ष डोल्मामायाँ गोलेले तिमल्सिनाको निधनपछि दक्षिण ललितपुरले कुशल व्यक्ति गुमाएको स्मरण गरिन् ।
उनी महाँकाल ३ डोस्नेखोलामा खेतीपातीसँगै र घट्ट चलाएर बसेका थिए ।








प्रतिक्रिया