३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नागदहवरपरका जग्गा सरकारले अधिकरण गर्ने




अशोक दुलाल

ललितपुर महानगरपालिका २४ धापाखेलस्थित नागदह वरपरको जग्गा सरकारले अधिकरण गर्ने भएको छ ।

ललितपुर महानगरपालिका २४ का वडाध्यक्ष दिनेशजंग पाण्डेका अनुसार नागदहको वरपर २० मिटर जग्गा सरकारले अधिकरण गरेर पार्क लगायत संरचना निर्माण गरेर नागदह संरक्षण गर्ने योजना बनाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

ती जग्गा चलनचल्तीको मूल्य तिरेर अधिकरण गर्न केन्द्र सरकारसँग समन्वय गरिएको उनले बताएका छन् ।


मेयर चिरीवावु महर्जनले केही दिनअघि नागदह संरक्षणका लागि महानगरले मास्टरप्लान बनाइरहेको खुलासा गर्दै मन्त्रीपरिषदको निर्णयपछि कार्यान्वयन हुने जानकारी दिएका थिए ।

केही समयअघि वडाध्यक्ष पाण्डेको नेतृत्वमा नागदह संरक्षणका लागि समिती बनाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।