इनरुवा (सुनसरी)
सुनसरीको हरिनगर गाउँपालिका ६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको निधन भएको छ ।
निधन हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।
घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ ।
गोली प्रहारबाट अर्चनाको घटनास्थलमै निधन भएको उनले बताएका छन् । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया