१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरमा स्कारपियो दुर्घटना, एकको निधन, ५ जना घाइते



अशोक दुलाल

दक्षिण ललितपुरको महाँकाल गाँउपालिका मानिखेल कतवन भञ्ज्याङमा स्कारपियो दुर्घटनामा परेर एक जनाको निधन भएको छ भने ५ जना घाइते भएका छन् । गोटिखेल चापागाँउतर्फ यात्रारत बीएए ४६३९ नम्बरको सो स्कारपियो सडकबाट झरेर भीरमा पुगेको थियो ।

https://www.youtube.com/@lalitkhabar

दुर्घटनापछि प्रहरी र स्थानीयबासीको सहयोगमा मानिखेल अस्पताल र ग्वार्कोस्थित वि एण्ड वि अस्पतालमा उपचारका लागि घाइतेहरुलाई लगिएको थियो ।

निधन हुनेमा स्कारपियो चालक काठमाडौं कोटेश्वर घर भएका शक्तिप्रसाद अधिकारी रहेको महानगरिय प्रहरी बृत्त चापागाँउले जानकारी दिएको छ । स्कारपियो एसओएस बालग्रामको रहकेो बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।