२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका २९ पत्रकारलाई कोरोना देखिएन


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

५ जेठ ०७७, भक्तपुर । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो
समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब सङ्कलन गरेको थियो । यसअघि सोही ल्याबमा नगरपालिकाका जनप्रतिनिधिका साथै विदेशबाट मध्यपुरथिमिमा फर्किएका करिब १०० बढीको पिसिआर परीक्षण गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ नै आएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।