१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लकडाउनमा विकाश निर्माण तिब्र बनाउदै काठमाडौं महानगर


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares


२० जेठ ०७७, काठमाडौं । लामो समय लकडाउन जारी भएपछि काठमाडौँ महानगरपालिकाले निर्माणको काम थालेको छ । कोरोना भाइरसका कारण विगत दुई महिनादेखि निर्माणको काम हुन सकेको थिएन । कामपाले आज जय बागेश्वरीमा आकाशे पुल निर्माण कार्यको शिलान्यास गरेको छ ।
सांसद गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष दिनेश डङ्गोल र वडा सदस्यहरुले संयुक्त रुपमा सो निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । भ्याटबाहेक रु ६४ लाख ९९ हजार ७५ लागतमा निर्माण हुने आकाशे पुल स्थानानन्तरण गर्न सकिने खालको रहेको वडाध्यक्ष दिनेश डङ्गोलले जानकारी दिनुभयो ।
निरन्तर काम हुनसके आगामी चार महिनामा सकिने वडाध्यक्ष डङ्गोल बताउनुभयो । चालु आर्थिक वर्षमानै सक्नेगरी मानिसको अत्यधिक ओहोरदोहोर हुने चार स्थानमा आकाशे पुल निर्माण गर्ने योजना थियो । लकडाउन अघिनै चावहील चोक र सर्वोच्च अदालत अगाडि पुल निर्माण थालेपनि अहिलेसम्म पुरा भएको छैन । आगामी आर्थिक वर्षमा टेकु, कालिमाटीलगायत सात स्थानमा पुल निर्माण गरिने बताइएको छ ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।