१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६०


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौ ०७७, थानकोट । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र अहिलेसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी भने, ‘कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, शशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ ।’ सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।
कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शै्ययाको रहने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।