२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गत २४ घण्टामा दुई हजार जनामा कोरोना पुष्टि


२५ आश्विन २०७७, आइतबार  

0
Shares


२५ असोज ०७७, काठमाडौं । आइतबार २४ घण्टामा देशभरका प्रयोगशालामा २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार साँझ आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा गरिएको १२ हजार ४ सय २७ जनाको परिक्षणपछि यो संख्यामा कोरोना संक्रमितहरु फेला परेको जानकारी दिए ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना बाट ६ सय ३६ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा अस्पतालबाट डिस्चार्ज हुने संख्या एक हजार ५ सय ५२ रहेको बताइएको छ ।
आइतबारको संक्रमितको सँख्यासँगै देशभरि जम्मा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ३१ हजार ३ सय १५ पुगेका छ । अहिलेससम्म ११ लाख ६७ हजार ९ सय ८४ वटा परीक्षण गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या चार हजार ६ सय १३ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।