१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलंकीबाट पैसा नभएको फर्जि चेक दिने पक्राउ


३० मंसिर २०७७, मंगलबार  

0
Shares


३० मङ्सिर ०७७, काठमाडौं । बैंक खातामा पैसा नभएको फर्जि चेक दिने काठमाडौं बबरमहलका एक व्यक्ति पक्राउ परेका छन् । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो खातामा प्रयाप्त पैसा छैन भन्ने जानी जानी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर रगेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।