२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनको बङ्गलामुखी मन्दिर हरेक बिहीबार खुल्ने


५ पुस २०७७, आइतबार  

0
Shares

५ पुस ०७७, पाटन । पाटन दरबार क्षेत्र नजिकै रहेको बङ्गलामुखी मन्दिर हरेक बिहीबार दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोल्न लागिएको भएको हो । गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक लकडाउन भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पूजारी माधवश्याम शर्माले बताए ।
उनले भने, “कोभिड महामारी अघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णाेद्वार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका हाँै ।” माहामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बङ्गलामुखी आउथे । बङ्गलामुखीलाई दशमहाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको शर्माले जानकारी दिए ।
बङ्गलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उनलाई ग्रह वृहस्पतीका रुपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ । मानिसको जीवनमा वृहस्पती प्रवल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ ।
ललितपुर शहर बस्नुभन्दा अघि बङ्गलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ । बङ्गलामुखीलाई सतीदेवीको रुप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ । जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बङ्गलामुखीलाई ग्रह वृहस्पतीका रुपमा मान्दा कूलका साथै पितृदेवता पनि दुबै प्रसन्न हुने बुझाइ छ ।
बङ्गलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ३८ बजे