३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा गाई काटेको अभियोगमा ६ जना पक्राउ


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१६ पुस ०७७, काभ्रेपलाञ्चोक । गाई काटेको अभियोगमा महाभारत गाउँपालिका १ गोकुले बस्नेक ५३ वर्षीय रत्नप बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
गाई काटेको भन्ने खबर प्राप्तर हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
आगलागीबाट विभिन्न धनमाल नष्ट
धादिङ, निलकण्ठ नगरपालिका १० नयागाउँ बस्ने सुब्बा श्रेष्ठको घरमा बिहीबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र गहना लगायत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

विपद् व्यवस्थापन आधारभूत तालिम
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १७औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।
तालिम समापनका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीले विभिन्न समयमा प्रदान गर्ने तालिमहरुले प्रहरी कर्मचारीहरुको आत्मबल वृद्धि गरी थप दक्षता हासिल गर्न मद्दत पुग्ने उनले बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधि रहेको तालिममा २६ जना प्रहरी सहायक निरीक्षकहरुले तालिम हासिल गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।