२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गृहमन्त्री वादलले भने,‘ललितपुरको पार्टी कार्यालय तपाईहरुको’


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ पुस ०७७,लगनखेल । गृहमन्त्री रामबहादुर थापाले ललितपुरको सातदोवाटोमा रहेको जिल्ला पार्टी कार्यालय केपी समर्थित कार्यकर्ताहरुलाई जोगाउन आग्रह गरेका छन् । ललितपुर नगरस्तिरिय भेलामा बोल्दै गृहमन्त्री थापाले भने, ललितपुर पार्टी कार्यालय तपाईहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ ।’े
उनले आफ्नो सम्पत्तीमा कसैले हस्तक्षेप गर्न नहुने र त्यसो भए रोक्नुपर्ने बताए । उनले भने,‘हामीलाई पेरिसडाँडा चाहिदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रोे हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौ ।’
गृहमन्त्री थापाले नेकपाको चुनाव चिन्ह सूर्य रहेको र आफूहरु सूर्य चिन्हबाट चुनावमा उठ्ने बताए । व्यङ्ग्यात्मक ढंगले गृहमन्त्री वादलले प्रचण्ड–माधव नेपाल र झलनाथ खनाललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने बताए । भने–उहाहरुलाई सूर्य चिन्ह चाहिएको हो भने एकएक थान सूर्य चिन्ह दिन्छौ त्यहीबाट उठ्नुहुनेछ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकाय दिन संसद विघटन गरेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताब ल्याएर हटाउने र प्रधान न्यायधिश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताए ।
नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरे । भने, देशलाई ठुलो संकटबाट जोगाउन बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।
‘यदी नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड –माधव नेपाल गुटको नामोनिसाना रहदैन । पार्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर बाटोमा कुर्लिदै हिड्न थालेको आरोप लगाउदै भने–‘घर मुलीलाई हटाएर बाटोमा हामी यहा छौ भन्नु हास्यास्पद हो ।’
भने, ‘उहाहरुको आन्दोलनको कुनै औचित्यता छैन । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौ । श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौ ।’
जनताको बिचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन सबैलाई आब्हान गरे । भेलामा बोल्दै गृहमन्त्री रामबहादुर थापा(बादल) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताए ।
थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन मार्फत आफुहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने दाबी समेत गरे । उनले पार्टी मा विभाजन गर्नु देशी विदेशी शक्तिको हात रहेको टिप्पणी गर्दै भने–कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएको कारण कारण पार्टीमा समस्याअ आएको हो ।
महानगर कमिटीले आयोजना कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल,राष्ट्रियसभा सदस्य कोमल वली,नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण ब्यन्जनकार लगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिना आह्वान गरेका गरे ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ४२ बजे