२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा ग्यास लिक भएर विस्फोट हुँदा तीनजना घाइते


२४ पुस २०७७, शुक्रबार  

0
Shares

प्रतिकात्मक तस्बिर

२४ पुस ०७७, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीको ग्यास उद्योगमा ग्यास सिलिण्डर राख्ने ट्यांकी पड्किँदा तीन जना घाइते भएका छन्। गौरीशंकर ग्याँस उद्योग (हिमालण) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट हुँदा तीनजना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्यास लिक भइ बिस्फोट भएको थियो ।
घटनामा तीनजना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भिर बनेपा–१३ का ५५ वर्षीय लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारका लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ । बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० वर्षीया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । उनीहरुको पनि शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

बिस्फोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।