३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानीलकण्ठमा चक्कु प्रहार गरी युवकको हत्या, एक जना पक्राउ


२७ पुस २०७७, सोमबार  

0
Shares


२७ पुस ०७७, काठमाडौं । काठमाडौंस्थित बुढानीलकण्ठमा चक्कु प्रहार गरी युवकको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको हो।
ठकुरीले पुस २३ गते राती साढे ७ बजेतिर बुढानीलकण्ठ चिसेनीको गुम्बा नजिक सुशील तामाङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए।
घाइते तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार राती निधन भएको थियो।

तामाङको निधन भएपछि ठकुरीलाई चितवनको पिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।