२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टंगलमा बन्दैछ मीननाथको रथ


२४ बैशाख २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
२४ वैशाख ०६७,टंगल । ललितपुरको टगलमा मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ । मच्छिन्द्रनाथको महास्नान भएको आठ दिनपछि टंगलमा मीननाथको रथ निर्माण शुरु हुने सथानीय शैलेन्द्र शाक्यले जानकारी दिए । उनले भने,‘मीननाथको रथ मच्छिन्द्रनाथको रथ भन्दा होचो छ ।’ उनका अनुसार यो रथको लम्बाई ४० फिट मात्रै छ ।
मीननाथको रथमा लोकेश्वरको मूर्ति राखेर मच्छिन्द्रनाथको जात्रा हुने दिन नटोलसम्म लगिन्छ । पुल्चोकमा मच्छिन्द्रनाथलाई पुजा प्रसाद चढाइन्छ । अनि नटोलमा रथ सिंगारेर रथयात्रा गरिन्छ ।
मीननाथको रथयात्रा पाटनकै पुरानो भएको जनश्रृति छ । पाटनमा टोल टोलबाट वटा रथयात्रा हुन्थे । पाटनका किसान वर्षे वाली लगाउन खेतमा काम गर्न जानु पर्ने भएपछि रथयात्रा धान्न गाह्रो भयो । सबैले मिलेर एउटा मात्रै रथयात्रा निकाल्ने निर्णय भयो तर टंगलका स्थानीयले पुरानो रथयात्रा छोड्न चाहेनन् । त्यसैले आसम्म मच्छिन्द्रनाथको रथ यात्रा पछिपछि मीनजनाथलाई पनि शहर घुमाइन्छ । मच्छिन्द्रनाथको रथ बेला बेलामा ढलेको छ भने मीननाथको रथ ढलेको थाहा नभएको स्थानीयहरु बताउछन् ।


मीननाथबारे इतिहासमा नै उल्लेख नभएको पाटन टंगलका चिरीकाजी महर्जनले बताए । उनले भने,‘मच्छिन्द्रनाथको बंशावली छ । तर मीननाथको छैन । मीननाथ मच्छिन्द्रनाथको रथयात्रा भन्दा धेरै अघिदेखि चलन रहेको थियो भन्ने भनाई छ ।’
मच्छिन्द्रनाथको रथ ठूला मान्छेले तान्ने गर्दछन् भने मीननाथको रथ तान्न केटाकेटी झ्म्मिन्छन् । ‘रथको आकार सानो भएको हुँदा साना केटाकेटीले तान्दा रथ सन्तुलनका साथ अघि बढ्छ ।’ महर्जनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ३४ बजे