२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

३ वैशाख ०७७, भक्तपुर । भक्तपुरको चुनदेवीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प।८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।