१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा



काभ्रेको सदरमुकाम धुलिखेल तथा बनेपा बजार । लेन्स : ललितपुर खबर

२ जेठ ०७८, बनेपा । काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ ।
दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो । रासस

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।