१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलको सेनिटाइजर उद्योगमा प्रहरीकाे छापा, सञ्चालक पक्राउ



९ जेठ ०७८, इमाडोल । इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार छापा मारेको छ।  मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको पाइएपछि स्यानिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको हाे।  उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको थियो।

सो सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।  उनका अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेल पक्राउ परेका छन्।

कम्पनीमा तीस चालीस हजार लिटर सेनिटाइजर फेला परेका छन्।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ५ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।