१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली हट्यो, असार मसान्तसम्म निषेधाज्ञा थप



२० असार ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

मंगलबारदेखि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । साथै, सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात खुलाइएको हो । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबारलगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।