६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा आजबाट ४५ बर्ष माथिकालाई कोरोना खोप




ललितपुर खबर
१५ साउन ०७८, ललितपुर । ललितपुरमा आजबाट ४५ वर्ष माथिका उमेर समूहलाई कोरोना खोप लगाइने भएको छ । चीनबाट ल्याइएको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको महानगरद्वारा जारी सुचनामा जनाइएको छ । महानगरका अनुसार नगरका २९ वटै वडामा खाप लगाउने कार्यक्रम राखिएको छ । खोप १७ गतेसम्म संचालन हुनेछ भने १८ गते कोभ्यासमार्फत प्राप्त अमेरिकी खोप जोन्सन एण्ड जोन्सनका खोप लगाइने कार्यतालिका छ ।
गोदावरी नगरपालिकामा भने आज (साउन १५ गते) र भोली ५० वर्षमाथिका उमे समूहलाई खोप लगाउने कार्यक्रम छ । विद्यालयका शिक्षक, कर्मचारी,सार्वजनिक यातयातका चालक र सहचालक, अपाङ्ग। अशक्त, विदेश जाने नागरिक र अत्यावश्यक सेवामा काम गर्नेहरुले परिचयपत्रका साथ उपस्थित हुन नगरपालिकाले आह्वान गरेको छ ।
कोज्योसोम गाँउपालिकामा साउन १७ र १८ गते खोप लगाउने कार्यक्रम राखिएको छ ।
महालक्ष्मी नगरपालिकाले अने विहीबारबाट खोप कार्यक्रम सञ्चालन गरिसकेको छ । नगरपालिकाले आजसम्म कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।