१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


संस्कृतिविद् साँखुका प्रकाशमान ‘सक्व’ कमलबहादुर विष्ट स्मृति पुरस्कारबाट सम्मानित




२० असोज ०७८, काठमाडौं । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको साँखु क्षेत्रका सम्पदाको अध्ययन अनुसन्धानमा लागेका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ लाई सम्मान गरिएको छ ।
साँखु, मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवं स्थानीय जात्रा, पर्व, शिलापत्र, ताडपत्र एवं ऐतिहासिक कागजपत्रको खोज, अनुसन्धानमा दशकौँ बिताएका श्रेष्ठलाई रु १५ हजार राशिको कमलबहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको हो । उनलाई पुरस्कार कोषका संरक्षक मिश्रीमैया विष्ट, अध्यक्ष राजु विष्ट, सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्टले नगदसहित सम्मानपत्र तथा दोसल्लाले सम्मानित गरेका हुन् ।
संस्कृतिविद् श्रेष्ठले यस क्षेत्रका सम्पदा एवं मूर्त, अमूर्त संस्कृतिका बारेमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाबाट सयौँ लेख रचना प्रकाशित भइसकेका छन् । अहिले पनि उहाँ यस क्षेत्रको सम्पदाका बारेमा कलम चलाउँदै आएको छन् । स्थानीय जात्रा पर्वको चिनारी तथा साहित्य सेवा, पुस्तक लेखन प्रकाशनसहित शिक्षण सेवामा समेत उनी समर्पित छन् ।
शङ्खरापुर ७ साँखु साल्खा टोलमा विसं २०११ फागुन ७ गते जन्मिएका श्रेष्ठ शिक्षण सेवाबाट निवृत्त भएपछि साँखु क्षेत्रको सांस्कृतिक अध्ययन अनुसन्धानमा पूरा समय बिताउँदै आएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।