९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिमा धर्मशाला निर्माणमा दोषी देखिए कारबाही गरिने



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आइतबार बतास समूहले पशुपतिमा सञ्चालन गरेको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निरीक्षण गरेपछि पत्रकारसँग कुराकानी गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

२ माघ ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
आज आइतबार उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका हुन् । मन्त्री आलेले भने,“धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेश हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ ।”
मन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजगत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भोलि (सोमबार) आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ ।
निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । त्यहाँ बाथटपदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यकपर्ने सामग्री राखिएका थिए।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।