१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप ५५४९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजार नाघ्यो



४ माघ ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणबाट उपत्यकाका ३ जिल्लामा मंगलबार थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार देशभर १० हजार २५८ जना कोरोना संक्रमित थपिएकोमा आधाभन्दा बढी उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपु र भक्तपुर)का छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ हजार ४ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ९७५ र भक्तपुर जिल्लामा ५७० संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।