१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोइला बालेर सुतेका थिए शंखरापुरमा मृत भेटिएका दम्पती



१३ माघ ०७८, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोजेनीमा मृत भेटिएका दम्पती घरभित्र कोइला बालेर सुतेको भेटिएको छ । बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ सुतेकै अवस्थामा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार बुधबार बेलुकी राम्रै तरिकारले सुतेका दम्पती बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए। बिहीबार बिहान सात बजेसम्म पनि ढोका नखोलेपछि उनका जेठो छोरा सूर्यबहादुर थिङले बाहिरबाट ढोका फुटाएर हेर्दा दुवैजनाको मृत्यु भइसकेको थिए। त्यसपछि सूर्यबहादुरले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अत्यधिक चिसो भएकाले चिसो भगाउन दम्पतीले सुत्ने कोठामा कोइला बालेर सुतेका थिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।