१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोममा ३ दिन सार्वजनिक विदा




ललितपुर खबर
१४ माघ ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले सोनाम ल्होसारको अवसर पारेर ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाँउपालिकाले यही माघ १९,२० र २१ गते ३ दिन ल्होसारको अवसरमा विदा दिन लागेको हो । गत माघ ७ गते बसेको कार्यपालिकाको बैठकले पारित गरेपछि यो विदा दिन लागेको गाँउपालिकाका अध्यक्ष गोपि स्याङतानले बताए ।
बौद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको यस गाँउपालिकाको नाम समेत बुद्ध दर्शनमा आधारित कोञ्ज्योसोम राखिएको थियो । कोञ्ज्योसोम गाँउपालिकामा झण्डै २३ प्रतिशत तामाङ समुदायहरुको बसोबास भएको गाँउपालिका हो ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।