२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा ट्रक दुर्घटनाग्रस्त, ठूला गाडी आवतजावत बन्द




ललितपुर खबर
१५ माघ ०७८, ललितपुर । चापागाँउमा मालवाहक ट्रक दुर्घटना हुँदा ठूला सवारीसधान आवतजावत अवरुद्ध भएको छ ।
ट्राफिक प्रहरी प्रभाग चापागाँउका अनुसार भैरहवाबाट चामल ढुवानी गरेर आएको लु २ ख ६२ नम्बरको एलपि ट्रक चापागाँउ चौकीअगाडि सडकमा मोड्ने क्रममा अघिल्लोतिरको टायर खुस्केर बाटो छेकेपछि सडक अवरुद्ध भएको भएको हो ।
यस कार्यालयमा कार्यरत ट्राफिक प्रहरीले भने,‘मुस्किलले भारतबेञ्चमात्रै प्रवेश गरेको छ । ठूला गाडीहरु हामीले प्याङगाँउमा रोकेका छौं ।’
शनिबार दिउँसो सवा दुई बजे दुर्घटना भएको यस ट्रक मर्मतका लागि साँझसम्म पनि मर्मतका लागि मिस्त्रि आइपुगेको छैन ।
उनका अनुसार आइतबार विहान मर्मतका लागि मिस्त्रि आए दिनभर गाडी मर्मत गर्न समय लाग्छ । उनले भने, ‘सोमबारसम्म सडक खुल्छ होला ।’

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : १७ बजे