२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटाउनेलाई पाँच लाख पुरस्कार



१६ माघ ०७८, ललितपुर ।  ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति खोजीमा सहयोग पुग्ने सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने बालकुमारी भवानी गुठीले जनाएको छ।

गुठीले अपिल निकालेर मूर्ति खोजी कार्यमा सहयोग पुग्ने व्यक्ति वा संस्थालाई पाँच लाख भन्दा कम नहुने गरी पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएको हो।

सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने अपिलमा लेखिएको छ। चोरी भएको मूर्तिसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा ९८८१२१७७८६ नम्बरमा सम्पर्क गर्न गुठीले अनुरोध गरेको छ।  अहिलेसम्म मूर्ति भेटिएको जानकारी भने नआएको गुठीका कर्मचारीले बताए।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।