१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मित्रपार्कमा युवकको शव फेला, दुई जना पक्राउ



१७ माघ ०७८, काठमाडौँ । काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त स्थानमा आइतबार सवा ११ बजेतिर झगडा भएको थियो। प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्। झगडा गर्ने अर्का एक जना भने फरार छन्।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।