२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरका चार रुटमा सिसिटिभी क्यामेरा जडान गरिने




१९ माघ ०७८, ललितपुर । ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।
महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाईसँगसँगै अघि बढाउने छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ३८ बजे