२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोबिखोला कोरिडोरमा अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री झाँक्री सडकमा




१९ माघ ०७८, काठमाडौं । काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छिन् ।
बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो ।
सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् ।
सडकपेटी खाली गराउन १५ दिन अघि मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउन परेको मन्त्रालयले बताएको छ ।
धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरुमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना छ । न्युज कारखाना

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : ०८ बजे