१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौ १४ का वडा सदस्यलाई भष्टाचारको मुद्दा




२१ माघ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १४ का वडासदस्य भष्टाचार गरेको आरोपमा मुद्दा चलाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका १४ का वडासदस्य वसन्त महर्जन विरुद्ध विशेष अदालत बबरमहलमा मुद्दा दर्ता गरेको हो । जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग दुई लाख रुपैया घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले घुस.लिइसकेको अवस्थामा गत भदौं २१ ग्तेनियन्त्रणमा लिएको थियो ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले विज्ञप्ती जारी गरी मुद्दा दर्ता गरेको जानकारी दिएका हुन् । जारी विज्ञप्ती अनुसार उनले घुस लिएकोे अनुसन्धानबाट पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर भएकोले महर्जनलाई बिगो दुई लाख रुपैयाँ र सजायको माग गरेर मुद्दा चलाएको हो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।