१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर र मोरङ व्यवसायी हत्याः थप दुई पक्राउ




२२ माघ ०७८, ललितपुर । ललितपुर र मोरङमा तीन व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिकास्थित आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका स्थित जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन्।

उनीहरुलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अघि बढाइएको प्रहरीले बताएको छ।

प्रहरीले यसअघि नै हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित पाँचजनालाई पक्राउ गरिसकेको छ।
मंसिर २८ गते ललितपुरको गोदावरी नगरपालिका–१२ मा तेह्रथुमका ४९ वर्षीय व्यवसायी मोहन लिम्बुको हत्या गरेको थियो भने पाँच दिनपछि धरानका राजेन्द्रकुमार श्रेष्ठ र त्यसको दुई दिनपछि सप्तरीका शम्भु कुमार चौधरीको हत्या गरेको थियो।

साझेदारमा व्यवसाय गर्ने भएकाले कारोबारको रकम एकलौटी बनाउन मण्डलले सबै साझेदारलाई सिध्याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।