११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरले रिङरोडमा साइकल लेन बनाउन निकाल्यो टेण्डर




२५ माघ ०७८, काठमाडौं । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो ।


यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।