८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीबाट हुण्डी कारोबारको आरोपमा डेढ करोड रकमसहित दुई जना पक्राउ




२३ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्र्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका ३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन् ।
काठमाडौं महानगरपालिका १३ ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर गहनाको होलसेल कारोबार गरी बस्ने अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पु¥याइ दिएको बताएपछि अमित कुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो ।
उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको प्रहरीको भनाई छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।