११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका वडा सदस्य थापाको गैंडाकोटमा दुर्घटनामा परी निधन



२९ फागुन ०७८, ललितपुर । दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी वडा सदस्य ६० वर्षीय वासुदेव थापाको निधन भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा उनको निधन भएको हो ।

गैंडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार उनी अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो।

सो दुर्घटनाका कारण बसमा सवार थापा अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् । थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य हुन्। दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।