८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चोभारमा दुई जनाको मृत्यु



१० चैत्र ०७८, काठमाडौं । कीर्तिपुरको चोभारमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना.१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।