१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा खानेपानी फिल्टर जडान



१७ चैत ०७८, ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी फिल्टर जडान गरीएको हो ।

ललितपुर महानगरपालिकासंग सिमाना जोडिएपनि विकट मानिएको सो क्षेत्रमा खानेपानी फिल्टर जडान गरेपछि करिब एक सय घर परिवार लाभान्वित भएका छन् । फिल्टर उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष मदन महतले सामाजिक कार्यमा समर्पित रोटरी क्लब सैबु भैसेपाटीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चर्चा गरे । उनले भने, ‘अहिले खानेपानीको अभाव बेहोरिरहेका डुकुछापवासीको पहिलो समस्या समाधान गर्न क्लबले मुख्य भुमिका खेलेको छ । फिल्टर जडान गर्न रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष थापाको ५ लाख १५ हजार आर्थिक सहयोगमा जडान गरिएको हो ।

खानेपानीको फिल्टर जडान गर्न स्थानीय सानोभाई अधिकारीले जग्गा उपलब्ध गराएका थिए । फिल्टर जडान भएपछि मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै थापाले क्लबको सामाजिक उत्तरदायीत्व बहन गर्ने योजना अनुसार सो परियोजना सञ्चालन गरेको बताए । उनले भने ‘रोटरी क्लब अफ सैबु भैसेपाटीको यो सहयोगले स्थानीय अधिकारी टोलवासीलाई ठुलो राहत मिलेको छ ।’ कार्यक्रममा क्लबका पदाधिकारी पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।