८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ विरुद्ध भ्रष्टाचार मुद्दा



१७ चैत ०७८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी समेत गरेको छ ।

त्यस्तै तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदाबी गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।